काठमाडौं, २६ असोज । नेकपा (एमाले) को सचिवालय बैठकलले प्रतिनिधिसभा पूनःस्थापना हुनुपर्ने निर्णय गरेको छ । अध्यक्ष केपी शर्मा ओली डेरामा बसेको भक्तपुरको गुण्डुको निवासमा बसेको सचिवालय बैठकले यस्तो निर्णय लिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । यसअघि नै अध्यक्ष ओलीले एमाले संसद् पूनःस्थापनाको पक्षमा उभिनुपर्ने मत राखेका थिए । उनले कांग्रेसपनि यही बाटोमा अघि बढ्ने विश्वास लिएका थिए ।
आज एकदमै लामो चलेको बैठक अन्तिममा प्रतिनिधिसभा पूनःस्थापनाको पक्षमा उभिएको हो । बैठकको निर्णय सुनाउँदै उपमहासचिव ज्ञवालीले भने-“प्रतिनिधिसभा विघटनलाई यो बैठकले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको छ। असंवैधानिक र अलोकतान्त्रिक ढंगले गरिएको विघटन बदर गर्दै प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्छ भन्ने स्पष्ट माग बैठकले गरेको छ।”
एमालेले पार्टीको विशेष महाधिवेशन भने आगामी मंसिरको अन्तिम साता गर्ने निर्णय गरेको छ ।




प्रतिक्रिया