ललितपुरको भव्य पार्टी प्यालेस ‘रामबाघ महल’ मा बस्नेछ एमालेको भोलिबाट सुरु हुने केन्द्रीय कमिटी बैठक


काठमाडौं, २८ असोज । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक भोलिबाट सुरु हुने भएको छ । बैठक ललितपुरको झम्सिखेलमा रहेको भव्य पार्टी प्यालेस ‘रामबाघ महल’ मा बस्ने भएको हो । बैठक असोज २९, ३० र ३१ गतेसम्म चल्नेछ ।

एमाले सचिवालय बैठकले आगामी मंसिरको अन्तिममा पार्टीको ११औं महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । सो निर्णयलाई केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्ने भनिएको छ । भोलिबाट सुरु हुने केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक प्रतिवेदन पेश गर्ने भएका छन् ।

प्रतिवेदन लेखन कार्य सकिएको छ । अहिले एमालेमा नेतृत्व परिवर्तनको बहस उठिरहेको छ । सचिवालय बैठकमा समेत आधा दर्जन नेताले ओलीको राजीनामाको विषय उठाएको बताईन्छ ।