विपिन जोशीलाई जिवित फर्काउन असफल हुनु अत्यन्त पीडादायक विषय हो : प्रचण्ड


काठमाडौं, २८ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले हमासद्धारा अपरहण गरिएका नेपाली विद्यार्थी विपिन जोशीको शव डीएनए परीक्षणमार्फत उनकै भएको दुःखद् समाचारले अत्यन्त मर्माहित भएको बताएका छन् । विपिनको अपहरणपश्चात उनको सकुशल रिहाइका लागि नेपाल सरकार, सम्बन्धित निकाय तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा भएका निरन्तर प्रयासका बावजुद उनलाई जीवित फर्काउन असफल हुनु अत्यन्त पीडादायक विषय भएको दाहालको भनाई छ ।

उनले फेशबुकमा लेखेका छन्–‘हमासद्वारा अपहरण गरिएका नेपाली विद्यार्थी विपिन जोशीको शव डीएनए परीक्षणमार्फत उहाँकै भएको दुःखद् समाचारले म अत्यन्त मर्माहित भएको छु। विपिनको अपहरणपश्चात उहाँको सकुशल रिहाइका लागि नेपाल सरकार, सम्बन्धित निकाय तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा भएका निरन्तर प्रयासका बावजुद उहाँलाई जीवित फर्काउन असफल हुनु अत्यन्त पीडादायक विषय हो। यस दुःखद् घडीमा म वहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। मैले आफन्तहरुको मृत्युको पीडा अत्यन्तै नजिकबाट आत्मबोध गरेको छु। यो पीडादायी क्षणमा धैर्यधारण गर्दै अघि बढन अनुरोध गर्दछु।’