गृहमन्त्री अर्यालमाथि एमाले नेता बस्नेतको आरोप : ओमप्रकाश गाई काट्न पाउनुपर्छ भनेर रिट हाल्ने व्यक्ति हुन्


काठमाडौं, २८ असोज । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले गृहमन्त्री ओमप्रकाश अर्यालमाथि गम्भीर आरोप लगाएका छन् । उनले वर्तमान गृहमन्त्री अर्यालमाथि गाई काट्न पाउनुपर्छ भनेर रिट हाल्ने व्यक्ति भएको आरोप लगाएका छन् । उनले देशको नीति निर्माण र गृह प्रशासनमा अहिलेका गृहमन्त्री अर्यालजस्ता मान्छे हुँदा अब देशको संस्कृति, धर्म र पहिचान सुरक्षित कसरी रहला? भनेर प्रश्न उठाएका छन् ।

उनले लेखेका छन्–‘उपत्यकावासी नेवार समुदायको भावना र संस्कृतिसँग जोडिएको कुमारी प्रथा अन्त्य गर्न रिट हालेकी पुण्यदेवी महर्जन अहिले गृहमन्त्रीकी श्रीमती र नेकपा समाजवादीको कानुन विभागकी उपाध्यक्ष हुन्। उनका श्रीमान् ओम प्रकाशजी “गाई काट्न पाउनुपर्छ” भन्ने रिट हाल्ने व्यक्ति हुन। देशको नीतिनिर्माण र गृह प्रशासनमा यस्ता मान्छे छन्, अब हाम्रो संस्कृति, धर्म र पहिचान सुरक्षित कसरी रहला ?”