संविधानलाई ट्रयाकमा ल्याउनका लागि निर्वाचन अवसर हुनसक्छ, हामी भाग्दैनौंः कांग्रेस नेता रायमाझी (भिडिओसहित)


काठमाडौं, १ कात्तिक । नेपाली कांग्रेसका नेता उमेशजंग रायमाझीले आफ्नो पार्टी निर्वाचनबाट नभाग्ने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले निर्वाचन संविधानलाई ट्रयाकमा ल्याउने अवसर पनि हुनसक्ने बताएका हुन् । ‘अहिले यो परिस्थितिको समाधानका लागि निर्वाचनको घोषणा भएको छ । त्योबाट कांग्रेस भाग्न चाहँदैन । संविधानलाई ट्रयाकमा ल्याउनका लागि यो पनि एउटा अवसर हुनसक्छ भनेर लिएको छ,’– उनले भने ।

चुनावको सम्बन्धमा हिजो दलहरुसँग निर्वाचन आयोगले छलफल गरेको र निर्वाचनको वातावरण बन्दै गएको उनले बताए । सरकारले धेरै कोर्श पूरा गरेपछि मात्रै चुनावमा जान सकिने उनले बताए । चुनाव भयरहीत वातावरणमा हुनुपर्ने र सुरक्षाको प्रत्याभूति दिलाइनुपर्ने उनले बताए । अहिलेको अवस्थामा भोट हालेर फलानाले जित्यो वा हार्यो भन्न सकिने अवस्था नरहेको उनले बताए । आफूहरुले सुरक्षाको प्रत्याभूति गराउ भनिराखेको उनले बताए ।

उनले जेन–जीहरुको माग सत्ता परिवर्तन नरहेको दाबी गरे । जेन–जी आन्दोलनमा संलग्न युवाहरुको माग सुशासन, भ्रष्टाचारको अन्य र रोजगारी रहेको उनले बताए । उनीहरुको माग धेरै राम्रो रहेको पनि उनले बताए । अब कांग्रेसलाई संसद् पुनर्स्थापना हुँदा पनि आपत्ति नरहेको र निर्वाचनमा पनि जान तयार रहेको उनले बताए । डेमोक्रेटिक पार्टी निर्वाचनबाट भाग्ने कुरा कल्पना पनि गर्न नसकिने उनले बताए ।

‘संसद् पुनर्स्थापना भयो भने कांग्रेसलाई कुनै आपत्ति छैन । अदालतले संसद् पुनर्स्थापना गर्यो भने हामी संसद्मा जाँदैनौं भन्ने कुरा छैन । तर, निर्वाचन हाम्रो विषय होइन भनेर डोमोक्रेटिक पार्टीले निर्वाचनबाट भाग्ने कुरा सम्भव छैन,’– उनले भने ।