जेन-जीको एउटा समूह शितलनिवासमा, ज्ञापनपत्र बुझाउने


काठमाडौं, ४ मंसिर । जेन-जी आन्दोलनका अगुवाहरु रहेको एउटा समूह आज राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शितलनिवास गएको छ ।

उनीहरुले राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाउने तयारी गरेका छन् । सो समूहमा डा. जगत बिकलगायत छन् । ज्ञापनपत्र बुझाउनको लागि जेनजी आन्दोलनका अगुवाहरु वेद थापा, हरि अधिकारीपनि छन् ।