बारामा आजपनि कर्फ्यु लगाईयो


काठमाडौं, ४ मंसिर । बारामा जेन-जी युवा र एमालेबीच हिजो भएको झडपको कारण आजपनि स्थिति तनावग्रस्त छ । जेनजी युवाहरुले आफूहरुमाथि हातपात गर्नेहरुलाई कारबाही गर्न मागेर विहानैदेखि सिमरामा प्रदर्शन गरेका थिए ।

प्रहरीले किटानी जाहेरीको आधारमा दुई जना एमाले नेतालाई पक्राउसमेत गरेको थियो । तर, स्थिति तनावग्रस्त भएपछि जिल्ला प्रशासन कार्यालय बाराले आज पनि कर्फ्यु लगाएको छ। कर्फ्यु दिउँसो १ बजेबाट राति ८ बजेसम्मको लागि लगाईएको छ ।