काठमाडौं, ४ मंसिर । प्रगतिशील अभियानका संयोजक जनार्दन शर्माले देशलाई अग्रगामी निकास दिनको लागि सहकार्यको लागि आह्वान गरेका छन् । उनले ०७९ को निर्वाचनमार्फत जनमत प्राप्त गरेका दल र ती दलका नेतृत्वहरुले भ्रष्टाचारविरुद्ध सुशासन र विकासको पक्षमा परिचालन नगरेको बरु उल्टै भ्रष्टाचार र कुशासनको प्रवद्र्धनको कारण जेनजी विद्राहे भएको दाबी गरेका छन् । अहिलेपन िपूरा दल जनता झुक्याउने प्रपञ्चमा रहेको उनको आरोप छ ।
उनले फेशबुकमार्फत लेखेका छन्–
आज मंसिर ४ गते । वि.सं.२०७९ साल मंसिर ४ गते ५ वर्षको निम्ति प्रतिनिधि छान्न नागरिकले मतदान गरेको तीन वर्ष पूरा भएको दिन पनि हो। त्यसबेला जनमत प्राप्त गरेका राजनीति दलका नेतृत्वहरुले जनप्रतिनिधिहरुलाई भ्रष्टाचार बिरुद्ध, सुशासन र बिकाशको पक्षमा परिचालन नगरेको मात्र होईन, भ्रष्टाचार र कुसासनको प्रबद्र्धन गरेको कारण नवयुवा (जेन–जी) बिद्रोह २०८२ भयो र यो जारी नै छ। परिणामस्वरूप २०८२ फागुन २१ गते नयाँ निर्वाचन घोषणा भएको छ। नवयूवा (जेन–जी) बिद्रोह र बलिदानको समेत उपेक्षा गर्दै पुनः जनता झुक्याउने प्रपञ्चमा पुराना दलहरु केन्द्रीकृत हुन थालेपछि ती दलहरुमा पहिले देखिनै सुसासन र बिकासको पक्षमा एवं भ्रष्टाचारको बिरुद्धमा संघर्ष गर्दै आएका नेताहरुले दलभित्र बिद्रोह गरेर नयाँ दल गठन गर्ने र नयाँ शक्ति एवं व्यक्तिहरुसंग सहकार्य गरेर जनभावना अनुसार राजनीतिक निकास दिने प्रयत्न गरिरहेको अवस्था छ। जुन जनबिद्रोह २०८२ प्रति सम्मान र देश र जनताप्रति कर्तव्य पनि हो। देश र जनताको हितलाई सर्बोपरि मान्ने सम्पूर्ण जनसमुदायलाई नयाँ ढंगवाट सोच्न र राष्ट्रलाई अग्रगामी निकास दिन सहकार्यको निम्ति हार्दिक आव्हान गर्दछु।




प्रतिक्रिया