काठमाडौं, ६ मंसिर । सङ्घीय लोकतान्त्रिक मोर्चाको बैठक बस्ने भएको छ । लोसपाको पार्टी कार्यालयमा बस्ने बैठकमा २१ फागुनको प्रतिनिधिसभाको निर्वाचनको तयारीबारे छलफल हुने बताईएको छ ।
यस्तै, आजको बैठकमा मधेस प्रदेशको सरकारको विषयमा पनि छलफल हुने मोर्चाको प्रमुख घटक राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव केशव झाले जानकारी दिए ।
पछिल्लो समय मधेशवादी दलबीच चुनावमा मिलेर जानुपर्ने मत बलियो बनेको छ। उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो, हृदयेश त्रिपाठीले पनि यो विषयलाई गम्भीरतापूर्वक लिएको नेताहरुको भनाई छ ।




प्रतिक्रिया