काठमाडौं, ६ मंसिर । हामी नेपालका संयोजक तथा जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको कार्यक्षमतामाथि प्रश्न उठाएर राजीनामा मागिरहेका छन् । उनले गृहमन्त्री अर्याललाई ‘लुते’ को संज्ञा दिएका छन् ।
जेन-जी आन्दोलनका क्रममा हत्या गरिएका युवाहरुको न्यायको लागि गृहमन्त्रीले कदम नचालेको उनको आरोप छ । आज भने सुदनले गृहमन्त्रीलाई ‘बच्चाहरुको रगत चाटेको’ भनेर गम्भीर आरोप लगाएका छन् ।
उनले फेशबुकमा ‘गृहमन्त्रीले काकालाई डिआईजी बनाउन सशस्त्र प्रहरकिो दरबन्दी संशोधन ठूलो विवाद सुरु’ लेखिएको एउटा समाचार–तस्विर सेयर गर्दै यस्तो टिप्पणी गरेका हुन् ।
उनले भनेका छन्,‘बच्चाहरुको रगत चाट्दै गृहमन्त्री । प्रधानमन्त्रीले यस्तो मान्छेलाई किन गृहमन्त्री बनायो भनेर एकदम अचम्म लागिरहेको छ ।’ सुदन हिजो बाराको सिमरामा भएको घट्नापछि वार्ताको लागि पुगेका थिए । उनी आँफै वार्तामा सहभागी भएका थिए ।





प्रतिक्रिया