काठमाडौं, २८ फागुन । सर्वोच्च अदालतले किशोरी साह कमलको पक्षमा अन्तरिम आदेश जारी गरेको छ । साहले आफूलाई कालो सूचीमा राखेको विषयमा अदालतमा रिट दायर गरेकोमा आज सर्वोच्च अदालतकी न्यायाधीश शारङ्गा सुवेदीको एकल इजलासले आज साहको पक्षमा अन्तरिम आदेश दिएको हो ।
निर्वाचनको मुखमा निर्वाचन आयोगले साहको उम्मेदवारी खारेज गरेको थियो । सो क्षेत्रमा उनको उम्मेदवारी खारेज भएपछि नेकपाका मातृका यादवलाई निर्वाचित भएको घोषणा गरिनुको साथै प्रमाणपत्र प्रदान गरिएको थियो । तर, यो आदेशसँगै अब यादवको पद धरापमा परेको छ ।





प्रतिक्रिया