Logo

गायक कटुवालको ‘गुराँस फुल्यो बनमा’ (भिडियो सहित)



धनराज वास्तविक : काठमाडौं, २१ चैत । गायक प्रकाश कटुवाल नेपाली गीत संगीतको क्षेत्रमा निक्कै प्रिय नाम हो, साथै चर्चित पनि ।

कटुवालले जुन गीतको शब्द लेख्छन अथवा गाउछन् त्यो गीतले सवत्र चर्चा बटुल्ने गरेको सत्य हो । प्रकाश कटुवालको लय शब्दमा तयार भएको ‘गुराँस फूल्यो बनमा, कसो कसो माया बस्यो तिमी फुल्यौ मनमा’ बोलको दोहोरी गीत अहिले बजारमा छ ।

प्रकाश कटुवाल र उमा श्रेष्ठको सुमधुर आवाज रहेको उक्त गीतलाई एस.एस फिल्मसले बजार व्यवस्थापन गरेको छ।

शंकर वि.सिको निर्देशनमा तयार भएको गीतको छायाङ्कन राजेश घिमिरेले गरेका छ भने नविन घर्तीमगरले सम्पादन गरेका छन् ।  यस गीतमा दुर्गेश थापा र करिष्मा ढकालको अभिनय रहेको छ ।



प्रतिक्रिया दिनुहोस्