Logo

अमेरिकामा मैनाली र सत्यालले गरे १०० औँ पटक रक्तदान



नेत्र विक्रम विमली : काठमाडौ,२१ चैत । अमेरिकामा बस्दै आएका नेपाली मुलका दुई रक्तदाताले रक्तदान गरेर आफ्नो नाम मात्र होइन नेपाल र नेपालीको नाम समेत अमेरिकामा राख्न सफल भएका छ्न ।

न्यू योर्कमा आफ्नो ब्यबसाय गर्दै आएका अर्जुन प्रसाद मैनाली ले १५८ औ पटक रक्तदान गरिसकेका छ्न, भने फ्लोरिडामा ब्यबसाय गर्दै आएका अजय सत्यालले पनि १४० औँ पटक रक्तदान गरेर आफ्नो नाम राख्न सफल भएका छ्न ।
मैनाली र सत्यालकै सहयोगमा नेपालका विभिन्न जिल्लामा रक्तदान र रक्तदाता वृद्धि कार्यक्रमलाई सहयोग गरेको पाइन्छ ।

यहि २०७४ को बैशाख महिनामा काठमाडौ उपत्यका भित्रका १ लाख विद्यार्थीहरुलाई रक्तदान सम्बन्धि उत्पेरणा जगाउने कार्यक्रम समेत गर्न लागेका छ्न । रगत सम्बन्धि अर्जुन प्रसाद मैनालीले लेखेको पुस्तक स्द गिफ्ट अफ लाइफ पनि उत्पेरणा कार्यक्रममा विद्यार्थीहरुले अध्यन गर्ने मौका पाउने भएका छ्न ।

आईएनबिडिका संरक्षक मैनाली र अध्यक्ष सत्यालले समाजिक क्षेत्रमा गरेको मुल्यांकन गर्दै अमेरिकन सरकारले समेत सम्मान गरेको छ ।



प्रतिक्रिया दिनुहोस्