Logo

भारतीय जलसेनाका टोलीले सगरमाथा आरोहण गर्ने



भारतीय दुतावासद्धारा टोलीलाई विदाई
काठमाडौँ, २१ चैत । भारतीय जलसेनाका टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएको छ । सो टोलीले आज नेपालस्थित भारतीय राजदूतावास लैनचौरमा पत्रकारसम्मेलन गरेर सगरमाथाको आरोहण गर्न लागेको जानकारी दिएको हो ।

सो अवसरमा आरोहण टोलीका संयोजक सञ्जयकुमार कुलकर्नीले २४ जनाको टोली विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न लागेको जानकारी दिए । उनले भने, “हामीहरु ‘सागरदेखि सगरमाथा’ भन्ने मूल नाराका साथ सगरमाथा चढ्न लागेका हौँ ।”

उनले मङ्गलबार काठमाडौँदेखि जिरी सवारीसाधनमा जाने र त्यहाँबाट पैदल हुँदै सगरमाथा बेसक्याम्प जाने बताए । नेपाली पर्यटकीय पदयात्री मिङ्मा शेर्पाको नेतृत्वमा उनीहरु सगरमाथा जान लागेका हुन् ।

यसभन्दा पहिले सन् १९६५ र सन् २००४ मा भारतीय जलसेनाका टोली सगरमाथा आरोहण गरेका थिए । उनीहरुलाई नेपालस्थित भारतीय दूतावासले आजै बिदाइसमेत गरेको छ ।

तस्विर : मुकुन्द कालिकोटे तस्विर : मुकुन्द कालिकोटे  तस्विर : मुकुन्द कालिकोटे  तस्विर : मुकुन्द कालिकोटे  तस्विर : मुकुन्द 



प्रतिक्रिया दिनुहोस्

Screenshot