Logo

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता



काठमाडौ, २१ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटबार्ता भएको छ । आज दिउँसो राष्ट्रपति कार्यलय शीतल निवासमा भएको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति भण्डारीलाई हालै सम्पन्न आफ्नो चीन भ्रमणबारे जानकारी गराएका थिए ।

त्यस क्रममा प्रधानमन्त्री र राष्ट्रपतिबीच स्थानीय निर्वाचन, मधेसी मोर्चासँग भइरहेको सहमतिको प्रयासका बारेमा समेत कुराकानी भएको थियो । भेटमा परराष्ट्रमन्त्री प्रकाश शरण महतलगायत उच्च अधिकारीको पनि सहभागिता रहेको राष्ट्रपति कार्यलयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्