Logo

लण्डनमा खिचिएको दयाहाङ प्रियंकाको ‘हेप्पी डेज’ (भिडियो सहित )



काठमाडौं, २२ चैत । सम्पुर्ण छायाङ्कन लण्डनमा गरिएको नेपाली चलचित्र ‘हेप्पी डेज’को पहिलो भिडियो सामग्री रिलिज गरिएको छ ।

निर्माण कम्पनि चाम्स ईन्टरटेन्मेन्ट र लण्डन सिने आई को संयुक्त ब्यानरमा बनेको चलचित्रको अफिसियल टिजर ट्रेलर सोमबार ईन्टेनेटमा रिलिज गरिएको हो ।

टिजरमा सुन्दर लोकेशन समावेश छ । जहाँ लिड अभिनेता दयाहाङ राई, अभिनेत्री प्रियंका कार्की र अभिनेता सञ्जय गुप्ता फिचरिङमा छन् । फिल्मलाई मिलन चाम्सले निर्देशन गरेका हुन् ।

यसैबीच फिल्मको प्रदर्शन मिति पनि तय गरिएको छ । निर्माता समेत रहेका निर्देशक चाम्सले ुहेप्पी डेजुको अन्तर्राष्ट्रिय प्रदर्शन मिति आगामी अगष्ट घोषणा गरेका छन् ।

उक्त महिनाभर फिल्म हङकङ, युके र अष्ट्रेलियामा प्रदर्शन हुनेछ भने नेपालमा मंसिर १५ मा प्रदर्शन हुने उनले फिल्मीखबरलाई बताए ।

निर्माणमा चाम्ससँग भवानी शर्मा र हिराल जोशीले सहकार्य गरेका छन् । बि।पी खनाल प्रस्तुतकर्ता रहेको फिल्मको कथा यम थापाको हो ।

विक्की जोशी, नेजिहा लिम्बु, मोनिका गुरुङ, रुपा पुनः, रितेश चाम्स, जेन वकल र हुप थापा पनि अभिनयमा छन् ।



प्रतिक्रिया दिनुहोस्