Logo

ह्याण्डसम केटासँग प्रेम गर्छु : मोडल देउजा



धनराज वास्तविक : काठमाडौं, २२ चैत । बर्दियाको माटोमा जन्मेकी मोडल एलिना देउजा अभिनयको क्षेत्रमा आफूलाई स्थापित गर्ने क्रममा छिन् । प्रयासमा लागि परेकि छिन्।

विगत एक वर्षदेखि अभिनयको क्षेत्रमा आफुलाई स्थापित मोडलको रुपमा उभ्याउन लागिपरेकी देउजाले एक वर्षभित्र एक दर्जन भन्दा बढि गीतमा अभिनय गरि सकेकी छिन् ।यसै क्षेत्रमा लागेर नाम कमाउने लक्ष्य बोकेकी मोडल देउजा निक्कै सुन्दर जिउडाल मिलेकी मोडल हुन् । उनी भनिन्छिन्‘आफूलाई देख्ने यूवाहरू मोहीत हुन्छन् । जिस्काउछन पनि।’

प्रेम जीवनको अत्यावश्यक कुरा भएको स्वीकार गर्ने देउजा अहिलेसम्म डिप्ली प्रेममा नपरेको दावी गर्छिन् । हसिलो अनुहार र मुस्कान सहितको बोलीले मानिसको परिचय दिन्छ भने जस्तै उनमा दुवै विशेषता भेटिन्छ । उनले अघि थपिन,‘आफुलाई माया गर्ने, पेशालाई सम्मान गर्ने, धन भन्दा पनि मन भएको केटासँग विहे गर्ने सोचमा रहेकी देउजा हेर्नमा वा क्या रहेछ भन्ने खालको केटा भेटेको खण्डमा अफयर चलाउने बताईन।’पुस्तकहरू पढ्न रुचाउने देउजा उपन्यास बढि पढ्ने बताउछिन् । उनलाई घरपरिवार र दिदिले यस क्षेत्रमा अघि बढ्नको लागि साथ दिईरहेकी छिन् । उनको अभिनय रहेको यो गीत हेर्नुस् ..



प्रतिक्रिया दिनुहोस्