Logo

मान्छे मार्न पल्केको हात्ति नमारिए आन्दोलन गर्ने स्थानीयको चेतावनी



मानव र जन्तुबीचमा शीत युद्ध सुरु भयो, सरकारले ध्यान दिओस्
काठमाडौं, २२ चैत । जङगली हात्तिको आक्रमणबाट ठुलो जनधनको क्षति भएको भन्दै बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ति क्षेत्र अन्र्तगत श्रीरामनगर उपभोक्ता समिति आन्दोलित बनेको छ ।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर जंगली हात्तिको आतङ्क नियन्त्रण गर्र्नुपर्ने भन्दै सरकार सामु ९ बुँदे माग अघि सारेको छ ।

समितिले तत्काल आतङ्कित हात्तिलाई नमारिए कडा आन्दोलनमा उत्रिने जनाएको छ । समितिका अध्यक्ष नवराज न्यौपानेले जीवजन्तु र मानवबीचको सह–अस्तित्वलाई जोगाउँदै दुवै पक्षको उचित व्यवस्था हुनुपर्ने माग गरेका छन् ।

पत्रकार भावुक योगीले मानव र जन्तुबीचमा शीत युद्ध सुरु भएको भन्दै सरकारले यसतर्फ तत्काल ध्यान दिनु पर्ने बताए । उनले भने,‘मध्यवर्ति क्षेत्रमा कम्जोर आर्थिक अवस्थाका मानिसको बसोबास छ, त्यहाँ जंगलि हात्तिको चरम आक्रमणबाट वस्ति त्रसित छ, राज्य निकाय मौन बसेको हुन्छ, सेनालाई खबर गर्दा समयमा पुग्दैन, यस्तो अवस्थामा सरकार मानवको पक्षमा भन्दा हिँस्रक हात्तिको पक्षमा उभिएको भान भएको छ।’

त्यस्तै कार्यक्रममा श्रीरामनगर उपभोक्ता समितिका संयोजक फिरु चौधरीले जंगली जनावरको आक्रमणबाट मृत्य भएकालाई हाल रु ५ लाख दिएकोमा असन्तुष्ट जनाउँदै भने,‘सरकारले राहतको नाममा ५ लाख दिएर झारो टार्ने काम भएको छ, अब ५ लाखले हुँदैन, १० लाख दिनुपर्छ, समयमा राहत र सुरक्षा दिने काममा सरकार लाग्नुपर्छ।’

कार्यक्रममा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष धर्मराज शर्माले सरकारले पीडिको जीवन माथि ख्यालवाड गरिरहेको आरोप लगाए ।

उनले भने,‘पहिले हरियाली बनाउनुस भनेर राज्यले हामीलाई भन्यो हामीले बनायौँ, आज हामीले संरक्षण गरेको वनमा पाटे बाघ बस्छ, राज्य गर्वगर्छ, तर हामी स्थानिय वासिन्दा रातभर जागा स्नुपर्छ, कति बेला के हुन्छ थाह हुँदैन, हाम्रो जीवन अनिश्चित बनेको छ, केही दिन अघि मात्रै एकजना बालकलाई हात्तिले घिसादै मार्या सेनाले हेरि रहयो तर गोली हानेर मार्न सकेन, यस्तो दुखद स्थितिमा किन राज्य लाचार बनेको छ ? अब तत्काल त्यो हात्तिलाई मार्नुपर्छ।’

             प्रेस विज्ञप्ति

उपरोक्त सम्बन्धमा राजधानी काठमाण्डौमा रिपोटर्स क्लव नेपालमा सम्पूर्ण पत्रकार ज्युहरु समक्ष पत्रकार सम्मेलन गर्नाको कारण यो छ की बर्दिया जिल्ला अन्र्तगत रहेको बर्दिया राष्ट्रिय निकुञ्जको क्षेत्रफल ९६८ बर्ग किलोमिटर रहेको छ । भने मध्यवर्ति क्षेत्रको ५०७ बर्ग कि.मी.रहेको छ । जसमा एक मध्यवर्ति क्षेत्र ब्यबस्थापन समिति १९ वटा उपभोक्ता समिति र २६३ वटा उपभोक्ता समुहहरु तथा १३३ मध्यवर्ति सामुदायिक बन उपभोक्ता समुह बर्दिया राष्ट्रिय निकुञ्जमा दर्ता भई कार्यान्वयनमा रहेको ब्यहोरा अवगत गराउन चाहान्छौ ।
संरक्षणको पाटोलाई हेर्दा बर्दिया राष्ट्रिय निकुञ्ज देशले नै गर्व गर्न लायक काम गरेको छ । हात्ती, गैंडा, बाघ, मृग प्रजातिको संख्या बढेको छ । वन्यजन्तुको चोरीसिकार सुन्य भएको छ । स्थानीय जनताको संरक्षणमा ब्यापक सहभागिता रहेको छ । निकुञ्ज प्रशासन र जनता बीच सुमधुर अन्तरसम्बन्ध रहेको छ । छोटरीमा भन्नु पर्दा निकुञ्जको प्रभावकारी संरक्षण र ब्यवस्थापन भएको छ । तर दुःखको कुरा यहि कारणले निकुञ्ज वरिपरि बस्ने र संरक्षणमा अहोरात्र खटिने हामी स्थानीय समुदाय वन्यजन्तुबाट पिडित र प्रभावित हुनु परेकोले तत्काल हाम्रा माग पुरा गर्न र जनधनको सुरक्षा गरि पाँउ भनी बन तथा भु संरक्षण मन्त्रालयका माननिय मन्त्रीज्यू र निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशकज्यु, राष्टिय योजना आयोगका सदस्य र बिश्व वन्यजन्तु कोष समक्ष ज्ञापन पत्र बुझाउन डेलिकेसन टोली बर्दियाबाट काठमाण्डौँ आएको रिपोटर्स क्लव समक्ष जानकारी गराउँदछौँ ।

हालको यथार्थ बस्तु स्थितिः

१. वन्यजन्तुबाट हुने मानबिय क्षति अतयन्त संबेदनशिल बिषय हो । स्कुल पढ्ेर फर्किदै गरेको एक्लो छोरालाई बाटोमा हात्तीले मारेर काख रित्तो हुंदाको पिडा, बर्षभरी बाल बच्चा पाल्नका लागि लगाएको खेती सुरक्षा गर्न खेतमा जांदा हात्तीले मारेर छोरा छोरी टुहुरा भएको ब्यथा, बच्चालाइ दुध चुसाइरहेको आमालाई हात्तीले घर भित्रबाट तानेर मारेका कारण भोक र प्यासले छटपटाई रहेको अबोध बालकको रुवाइ हाम्रा दैनिकी भोगाई बनेका छन ।

२. बर्दिया जिल्लाको साबिक पाताभार, मनाउ, सूर्यपटुवा, ठाकुरद्वारा,शिवपुर गा.बि.स.र साविक बबई नगरपालिका हाल ठाकरबाबा नगरपालिकामा पर्ने बलाती, डुम्रेनी, कर्मला गाउ जंगली हात्तीबाट अत्यन्त पिडित भएको अवस्था छ । यि स्थानमा यस बर्ष जंगली हात्ती गाउमा पसेर ६ जनाको मृत्यु, ५ जना सख्त घाइते, ४०० घर भत्काएको, ७५ घरमा भण्डारण गरेको अन्न खाएको र करिब ३० बिगाहा जग्गामा लगाएको गहुं बाली नष्ट भएको छ । हाल पनि दैनिक रुपमा हात्ती गाउमा पसेर बितन्डा मच्याईरहेको छ ।

३. नेपाल सरकारबाट दिने राहतको प्रकृया अत्यन्त झञ्झटीलो र झारा टार्ने खालको छ । राहात भनेको तत्काल घाउमा मल्हम लगाउने उपाय हो तर घटना घटेको महिनौ सम्म कागजी प्रकृयामा अल्मलिनु पर्ने प्रावधानले गर्दा पिडितले राहत लिनका लागि आहात भोग्नु पर्ने प्रकृया छ ।

४. जंगली हात्तीले घर भत्काउदा घरका खामा, बला र काठ भांचेर काम नलाग्ने बनाइदिने गरेको छ । ति काठ घर निर्माणमा प्रयोग नहुने भएकोले अधिकांस मानिस घर बिहिन अवस्थामा छन ।

५. निकुञ्ज र मध्यवर्ति क्षेत्रमा मानव हात्ती द्वन्द न्युनिकरणका लागि सञ्चालित प्रोजेक्टको अपारदर्शी कार्यान्वयनले हामीलाई पिडा थपेको छ । जंगली हात्तीबाट हुने क्षतिमा राहत र क्षति न्युनिकरणमा जनतालाई सहयोग नगर्ने तर त्यहि नाममा प्रोजेक्ट चलाएर पैशा सक्ने परिपाटि अत्यन्त गैर जिम्मेवारीपनको पराकाष्ट बनेको छ ।
अतः मानव र वन्यजन्तु बिच सहअस्थित्व कायम गरी निकुञ्जको पनि संरक्षण गर्ने र जनताको जिउधनको पनि सुरक्षा हुने ब्यवस्था मिलाउन निम्न कार्यहरु यथासिघ्र कार्यान्वयन गर्नुपर्ने देखिन्छ ।

(क) तत्काल गर्नुपर्नेः

१. वन्यजन्तुबाट मारिने ब्यक्तिका आश्रितलाई७ दिन भित्र रु.१० लाख राहत दिने ब्यवस्था ।

२. वन्यजन्तुको आक्रमणमा परि घाईते हुने ब्यक्तिको उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले ब्यहोर्ने ब्यवस्था ।

३. यस बर्ष बलाति र कर्मलामा जंगली हात्तीले गरेको खेतीबाली क्षतिको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रमबाट भएको मुल्यांकन अनुसारको क्षतिपूर्ति उपलब्ध गराउने ।

४. जंगली हात्तीले घर भत्काएमा ५० क्यु.फिट काठ निःशुल्क उपलब्ध गराउने ब्यवस्था ।

५. राष्टिय प्रकृति संरक्षण कोष, बर्दिया संरक्षण कार्यक्रममा मानव हात्ती द्वन्द ब्यवस्थापन गर्नका लागि ज्भ्ऋह्प्रोजेकट संचालन गर्न ग्क् ँक्ष्क्ज् ब्ल्म् ध्क्ष्ीम्ीक्ष्ँभ् क्भ्च्ख्क्ष्ऋभ्नामको दाताबाट करिब रु.५५ लाख बजेट आएको त्यहांका कार्यालय प्रमुखले सार्वजनिक रुपमा जानकारी गराउनु भएको थियो । त्यो रकमबाट १ मिटर बिद्युतिय तारबार निर्माण भएको वा कुनै हात्ती पिडितले १ पैशा राहत पाएको हामीलाई जानकारी छैन । बलाति र कर्मला गाउमा जंगली हात्तीबाट भएको खेतिबालीको राहतमा सहयोग गर्न अनुरोध गर्दा बजेट सकिएको र सहयोग गर्न नसक्ने भनि गैरजिम्मेवार जवाफ प्राप्त भएको छ । काम नै नगरी कसरी के काममा त्यो रकम खर्च भएको हो ?त्यो रकम यस बर्ष जंगली हात्ती पिडित श्रीरामनगर उपभोक्ता समिति भित्रका उपभोक्तालाई राहत र आय आर्जनका लागि उपलब्ध गराउने ब्यवस्था ।

६.राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रम र स्थानीय समुदाय बिच कार्यालयमा लागेको ताला खोल्ने बिषयमा भएको सम्झौता बमोजिम ४ जना लाई रोजगारी दिने सहमति हाल सम्म कार्यान्वयन नभएकोले सो सहमति बमोजिम ४ जना र श्रीरामनगर उपभोक्ता समिति भित्रका हात्ती पिडित ६ जना गरि १० जनालाईराष्ट्रिय प्रकृति संरक्षण कोषमा रोगारी ब्यवस्था ।

७.राष्ट्रिय प्रकृति संरक्षण कोषमा रहेको मानव वन्यजन्तु द्वन्द ब्यवस्थापन कोषमा रु. ४ करोड रकम रहेको भन्ने सुनिन्छ । त्यो रकम राष्ट्रिय प्रकृति संरक्षण कोषमाराख्नु वन्यजन्तु पिडितका लागि “कागलाइ बेल पाकेर हर्ष न बिस्माद” हुने वास्तबिक पिडित जनताले कुनै सुबिधा नपाउने भएकोले सो मध्येबाट रु. १ करोड बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ति क्षेत्र ब्यवस्थापन समितिमा राखी वन्यजन्तुबाट मृत्यु हुने र घाइेको आय आर्जनका लागि उपलब्ध गराउने ब्यवस्था हुनु पर्दछ । साथै सो कार्यबिधिको दफा ७ (घ) मा वन्यजन्तुबाट मृत्यु भएका र घाइते भएका घटनामा नेपासिरकारबाट उपलब्ध हुने रकमका अतिरिक्त रु.१ लाख उपलब्ध गराउने भनिएकोमा सो रकमको सिमा रु.५ लाख गर्नुपर्दछ ।

८. गतबिगत बर्षमा हात्तीले आतंक मच्चाउन थालेपछि निकुञ्जको टोलीले हात्ती डार्ट गरेर धपाउने गरेको तर यस बर्ष हात्तीले पुरै गाउ उजाड बनाउदा पनि निकुञ्जले हात्ती डार्ट नगरी धपाउने मात्र प्रयास गरेको, जसको फलस्वरुप अत्यधिक धनजनको क्षति भएकोले यस किसिमको लापरबाहि किन भएको हो ? छानबिन गरी अब उप्रान्त समस्याग्रस्त हात्ती तुरुन्त डार्ट गरी धपाउने वा मार्ने ब्यवस्था गर्न बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालय र नेपाली सेनालाई कडा लिखित निर्देशन दिनु पर्ने ।

९. मन्त्रालयबाट बिज्ञ टोलि खटाइ बर्दियामा मानिस मार्न पल्केको हात्ती पहिचान गरी ७ दिन भित्र हात्ती मार्ने वा नियन्त्रण गरी चिडियाखानामा राख्ने ब्यवस्था हुनुपर्ने ।

(ख) दिर्घकालिन ब्यवस्था

१. निकुञ्ज सिमानामा बबई नदी देखि सैनावार, डुम्रेनी, भुरीगाउ, कर्मला, बलाति, अम्रेनी हुंदै ठाकुरद्वारा सम्म कंक्रिट वाल निर्माण गर्न यस बर्ष काम सुरु गर्नका लागि रु. १ करोड बजेट ब्यवस्था र अर्को आ.ब.मा कार्यसम्पन्न गर्ने गरी बजेट ब्यवस्था गर्ने ।

२. मध्यवर्ति क्षेत्रमा खेति, पशु र मानिसको बिमा अनिवार्य गर्ने । हाल नेपाल सरकारले दिने अनुदानलाई बृद्धि गरी मध्यवर्तिक्षेत्रका लागि ९५ प्रतिसत अनुदान दिने ब्यवस्था मिलाउने ।

३. नेपाल सरकारले निकुञ्ज, आरक्ष र संरक्षित क्षेत्रमा कर्मचारी भर्ना गर्दा (सरकारी र गैर सरकारी संघ सस्था समेतमा) २५ प्रतिसत वन्यजन्तु पिडितका लागि आरक्षण गर्ने कानूनी ब्यवस्था ।

४. मान्छे खाने बाघ र गाउमा पसेर आतंक मच्चाउने हात्तीलाई तत्कालै मार्न सक्ने गरी वार्डेनलाई जिम्मेवारी तोक्ने ब्यवस्था ।

५. निकुञ्जको भुरीगाँउ पोष्ट नजिकबाट बग्ने तलबेलवा खोलाको माथिलो तट्बाट बालुवा ग्राभेल बग्दै आउदाँ खोला पुरीन गै खोलाले आफ्नोबहाव परिर्बतन गरेका कारण कयौं रुखहरु समेत सुक्न गईबर्षेनी डुबान र कटान गर्दे जाँदा निकट भबिश्यमै भुरीगाँउ बजार र बजार वरपरका गाँउ बस्तीमा ठुलो क्षति पुग्ने भएकाले यसकोरोकथाम तथा नियन्त्रणका लागी अल्पकालीन तथा दिर्धकालीन ब्यबस्था गर्नु पर्ने र उक्त खोलाको तल्लो तटीय औराही आम्बासा खोलाले समेत बर्षेनी निजी नम्बरी आबादी जग्गाहरु कटान गरी क्षति पु¥याई रहेको हुदाँ बजेट ब्यबस्था तथा नितिगत ब्यबस्था गर्नुपर्ने ।

अध्यक्ष
नवराज न्यौपाने
बर्दिया राष्ट्रिय निकुञ्ज, मध्यवर्ति क्षेत्र अन्र्तगत श्रीरामनगर उपभोक्ता समिति
,



प्रतिक्रिया दिनुहोस्