Logo

बम निष्क्रिय



राजविराज, २२ चैत । सप्तरीको सदरमुकाम राजविराजस्थित दुई स्थानमा आज बिहान फेला परेको सकेट बमलाई नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ ।

राजविराजस्थित कृष्णदल गणबाट सेनानी रुद्रवीर कार्कीको नेतृत्वमा गएको डिस्पोजल टोलीले उक्त बम निष्क्रिय पारेको नेपाली सेनाले जनाएको छ ।

राजविराज नगरपालिका–४ स्थित कल्टु पोखरी छेउमा रहेको व्यापारी विनोद चौधरी ९दास०को घरको मूलगेट र राजविराज नगरपालिका–५ स्थित कञ्चपुर रोडमा रहेको छोटु भनिने रवीन्द्र यादवको घर अगाडि बम फेला परेको थियो ।

दुवै ठाउँमा फेला परेको बमलाई राजविराज नगरपालिका–४ मा रहेको कल्टुपोखरीमा डिस्पोजल टोलीले डिस्पोज गरेको बताइएको छ ।

बम फेला परेको ठाउँमा आज बिहानैदेखि स्थानीयवासी त्रसित हुनुका साथै नजिकैको विद्यालयमा वार्षिक परीक्षा दिन आउने विद्यार्थी समेत त्रसित भएका थिए ।

दुवै स्थानबाट तराईमा सशस्त्र सङ्घर्षरत गर्दै आएका ९जयकृष्ण गोइत० नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीको पर्चासमेत फेला परेका छन् ।

यसैबीच जनतान्त्रिक तराई मुक्ति मोर्चा ९क्रान्तिकारी०का केन्द्रीय अध्यक्ष जयकृष्ण गोइतले एक प्रेस विज्ञप्ति जारी गर्दै दुवै बमको जिम्मेवारी लिएका छन् ।

कैदीको मृत्यु

सप्तरीको राजविराज कारागारमा सजाय भुक्तान गरिरहेका एक बिरामी कैदीको आज मृत्यु भएको छ ।

कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय पाएका सप्तरीको डाढा गाविस–८ का ८० वर्षीय नथुनीप्रसाद यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मधुमेह तथा मिर्गौला रोगबाट पीडित यादव तीनदिन अगाडि अचानक बिरामी परेका थिए ।

उनलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा भर्ना गरेका थिए । उपचारकै क्रममा उनको मृत्यु भएको जिप्रका, सप्तरीले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्