Logo

जंगलीहात्तीको आक्रमणबाट सप्तरीमा दुईको मृत्यु, पाँचजना घाइते



राजविराज, २२ चैत। कोसी टप्पु वन्यजन्तु आरक्षबाट आएको जंगलीहात्तीको आक्रमणबाट मंगलबार सप्तरीको हनुमाननगर, कंकालिनी नगरपालिकामा दुईजनाको मृत्यु भएको छ ।

जंगलीहात्तीको आक्रमणबाट अरु पाँचजना घाइते भएका छन् । मृत्यु हुनेमा स्थानीय रोशन झा र सञ्जय साफी छन् ।मंगलबार बिहान १० बजेतिर बजारभित्र प्रवेश गरेको जंगलीहात्तीको आक्रमणबाट संगीत साह, कालीचरण दास, नवीना खातुन, इर्साद अली र बसन्त मण्डल घाइते भएका हुन् ।

घाइतेहरुको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्