Logo

फोरम लोकतान्त्रिक र राष्ट्रिय जनमुक्तिबीच पार्टी एकता हुृने



काठमाडौं, २२ चैत । विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र शिवलाल थापा नेतृत्वको राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिकबीच पार्टी एकता हुने भएको छ ।

स्थानीय तह चुनावको तयारीसँगै विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक र शिवलाल थापा नेतृत्वको जनमुक्ति पार्टीबीच एकता हुन लागेको हो । जनमुक्ति पार्टीका अध्यक्ष थापाका अनुसार दुवै पार्टीवीच चुनाव अघि नै एकता हुनेछ ।

तीन प्रतिशतको थ्रेस होल्ड राखेपछि साना दलहरुलाई एकताको दबाव बढेको छ । प्रतिनिधिसभा चुनावमा समानुपातिकतर्फ ३ प्रतिशत र प्रत्यक्षमा कम्तिमा एक सिट जितेको दलले मात्र राष्ट्रिय दलको मान्यता पाउने गरी हालै मात्र राजनीतिक दलसम्वन्धी विधेयक पास भएको छ ।



प्रतिक्रिया दिनुहोस्