Logo

स्वास्थ्य मन्त्रालयले फेरि गर्यो अर्को बोल्ड निर्णय



काठमाडौं २३ चैत । परीक्षणका नाममा जथाभाबी रगत वा दिशापिसाब, खकार तथा शरीरका बिभिन्न भागको नमूना विदेश पठाउन नपाइने भएको छ। मनपरी रूपमा नमुना विदेश पठाउँदा व्यक्तिको जीनसँग सम्बन्धित अणुवंशिक सम्पत्तिको दुरूपयोगसँगै नेपालमै हुने परीक्षण बाहिर लगेर गर्दा ठूलो रकम बाहिरिएको भन्दै स्वास्थ्य मन्त्रालयले रोक लगाएको हो।

रोग पहिचानमा महत्वपूर्ण मानिने प्रयोगशाला व्यवस्थित गर्ने कुनै नियम नभएकाले स्वास्थ्य मन्त्रीस्तरीय निर्णयबाट हालै जारी निर्देशिकाले नमुना परीक्षणका लागि विदेश पठाउन कडाइ, शुल्क निर्धारण र प्रयोगशाला न्यूनतम् मापदण्डसहित वर्गिकरण गर्ने व्यवस्था गरेको हो। प्रयोगशालाको रिपोर्ट फरक पर्दा उपचारमा ठूलो जोखिम र अन्यौल बढेको छ। आजको नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्