Logo

१ रुपैयाँमा स्मार्टफोन पाइने



काठमाडौं २३ चैत । चिनीयाँ स्मार्टफोन निर्माता कम्पनी सियाओमीले केवल एक रुपैयाँमा स्मार्टफोन बिक्री गर्ने भएको खबर आजको कारोबारमा छ ।

सियाओमीले बुधबार ६ अप्रिलमा फ्यान फेस्टिभल आयोजना गर्दैछ । उक्त मेलामा कम्पनीले १ रुपैयाँ (भारु) मा आफ्नो उत्पादन रेडमी नोट फोर बिक्री गर्ने भएको हो ।

यही एक रुपैयाँमै रेडमी नोट फोर को २ जीबी र्याम तथा ३२ जीबीका भेरियन्टको खरिद गर्न सकिन्छ । यसका साथै अन्य उत्पादन पनि सुलभ मूल्यमा पाइने कम्पनीले आफ्नो वेबसाइटमार्फत जानकारी गराएको छ ।



प्रतिक्रिया दिनुहोस्