Logo

फोरम लोकतान्त्रिक र राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिकबीच आज एकता



काठमाडौं २३ चैत । मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिकबीच पार्टी एकीकरण हुने भएको छ । विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक र शिवलाल थापा नेतृत्वको जनमुक्ति पार्टीबीच एकता हुन लागेको हो ।

यी दुई पार्टीबीच आज राजधानीमा एकता घोषणा हुने फोरम लोकतान्त्रिकका महासचिव रामजनम चौधरीले जानकारी दिनुभयो । एकतापछि पार्टीको नाम नेपाल लोकतान्त्रिक फोरम राख्ने प्रस्ताव गरिएको छ । संसदमा फोरम लोकतान्त्रिकको १४ र जनमुक्ति पार्टीको २ सिट छ । जनमुक्तिका महासचिव चन्द्र थापाले पनि पार्टी एकता हुने निश्चित भइसकेको जानकारी दिनुभयो ।



प्रतिक्रिया दिनुहोस्