Logo

गायिका तामाङको ‘सर्काईदेऊ’ (भिडियो सहित)



काठमाडौ, २३ चैत । नेपाली लोक तथा दोहोरी गीत क्षेत्रका चर्चित गायक रामजी खाँण र गायिका प्रमिला तामाङको स्वरमा छमछम्ति नचाउने गीत बजारमा आएको छ ।

‘सर्काईदेऊ’ बोलको उक्त लोक तथा दोहोरी गीतमा बब्बु थापा र गायिका प्रमिला तामाङको नृत्य देख्न सकिन्छ ।
गीतमा शिब हमालको लयशब्द रहेको छ भने बब्बु थापाले निर्देशन गरेका छन् । भिडियोलाई दुर्गा पौडेलले खिचेका हुन् भने प्रविन भट्टले सम्पादन गरेका हुन् ।

गायक रामजी खाँणले गाएका पछिल्लो समय धेरै गीतहरुलाई दर्शक तथा स्रोताले मन पराएको पाइन्छ । साथै गायिका प्रमिला तामाङले पनि लोक तथा दोहोरी गीतको क्षेत्रमा पाइला टेकेको केहि बर्ष हुँदैछ ।

तामाङले यो भन्दा अघि आधादर्जन गीतमा आवाज दिईसकेकी छन् । आँखा गाजले बोलको लोकगीतबाट गायन यात्रा शुरु गरेकी प्रमिलाको यो छैटौं गीत हो । साथै प्रमिलाले आँफुले गाएका गीतहरुमा मोडलिङ पनि गर्दै आएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्