Logo

मृगौला फेलभएका तामाङ्लाई ३ लाख हस्तान्त्रण



काठमाडौ, २३ चैत । रसुवा जिल्ला, उत्तरगया गाउपालिका निवासी वर्ष २८ का सुबास तामाङको उपचारको लागि यूवाह जुटेका छन् ।

तामाङ तीन वर्ष अगाडी देखि दुबै मिर्गौला गुमाएर निरन्तर डाइलासिस गराइरहेका छन्।उनलाई मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरमा मृगौला प्रत्यारोपणको लागि ३ लाख चौबिस हजार नगद उमेस केशी द्वारा हस्तान्तरण गरिएको छ ।

मृगौला प्रत्यारोपणको लागि आफ्नै श्रीमती तयार भए पनि आवस्यक खर्चको अभाव खड्कीएको थियो ।

आर्थिक खोजीमा फेसबुक मार्फत उमेश केसिसँग सम्पर्कमा आइ अनुरोध गरे पछि उमेशले अफ्नो देश बिदेश मा रहेका साथी भाइ लगायत अन्य दाता अनि विभिन्न च्यारिटी सेल अन्तर्गत शिव रात्रीमा पशुपतिमा चिया, बर्गर बनाएर बिक्री गरि परोपकारी बनभोज कार्यक्रम आयोजना गरि करिब दुई महिनामा रकम सङ्कलन गरेका हुन।

यस कार्यकालागि कोरिया, जापान, जर्मनमा रहेका साथीहरूलाई सकृय गराइ सहयोग जुटाइएको हो।



प्रतिक्रिया दिनुहोस्