Logo

बिश्वकै महंगो हिरा एक करोड अमेरिकी डलरमा बिक्री



काठमाडौं, २३ चैत । विश्वकै महंगो मानिने गुलाबी रंगको हीरा हङकङ्गमा ७ दशमलव १ करोड अमेरिकी डलरमा बिक्री भई विश्व रेकर्ड कायम गरेको छ ।

मानव इतिहासमै सबैभन्दा ठूलो मानिने अण्डाकारको यो हीरा ५६ दशमलव ६ कैरेटको छ ।सन् २०१३ मा जेनेभामा गरिएको यस्तै लीलामीमा यस हीराका लागि एक ब्यापारीले ८ दशमलव ३ करोड अमेरिकी डलर तिर्ने बोलकबोल गरे पनि रकम चुक्ता गर्न सकेका थिएनन् ।

हीरा हङकङ्गस्थित चो ताइ फुक गहना पसलले किनेको हो । (एजेन्सी)



प्रतिक्रिया दिनुहोस्