Logo

आफ्नो टिम १२ गोलले पराजित भएपछि इटालियन प्रशिक्षक पक्राउ



काठमाडौं, २३ चैत । इटालियन प्रशिक्षक फिलिपो डे पियरो पक्राउ परेका छन् ।गत शनिबार भएको खेलमा बार्सिलोनाको बी टीमसंग इडेल्स क्लब १२ शून्य गोल अन्तरले पराजित भएपछी मिलेमतोको आरोपमा प्रशिक्षक पियरो पक्राउ परेका हुन् ।

स्पेनको तेश्रो डिभिजन क्लब इल्डेन्समा आवद्ध इल्डेन्स, बार्सिलोनासँग १२ शून्य अन्तरले हारेपछी खेल मिलमतोको आशंकामा उनलाई पक्राउ गरिएको हो ।

सोही क्लबका सहायक प्रशिक्षक फ्रान्ज रुइजले खेल मिलमतोको प्रस्ताव आफूले अस्विकार गरेको खुलासा गरेपछी पियरो पक्राउ परेका हुन् । पियरो गत जनवरीमा मात्र सो क्लबमा आवद्ध भएका थिए ।एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्