Logo

नेपाल–भारत प्रबुद्ध व्यक्ति समूहरुको तेस्रो बैठक सुरु



काठमाडौं, २३ चैत । नेपाल–भारत नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी)को तेस्रो बैठक बुधबारदेखि राजधानीमा शुरू भएको छ।
बैठकमा भाग लिन भारतका तर्फबाट समूह सदस्यहरू मंगलबार नै काठमाडौं आएका थिए।

दस वटा धारा रहेको १९५० को सन्धिका प्रायः सबै धारामा नेपालका राजनीतिक दलले असन्तुष्टि जनाउँदै आएका छन्।
गत असारमा काठमाडौंमा सम्पन्न इपिजीको पहिलो बैठकमै सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिलाई छलफलका लागि प्रवेश गराइएको थियो ।

सन्धिमा नेपालतर्फबाट तत्कालीन प्रधानमन्त्री मोहनशमशेर राणा र भारततफैबाट तत्कालीन नेपालका लागि भारतीय राजदूत चन्द्रेश्वरप्रसाद नारायणसिंहले हस्ताक्षर गरेका थिए। यो हस्ताक्षर पनि ’असमान’ भएको भएको ठहर नेपाल पक्षको छ।

यसअघि गत मार्च(चैत ४ देखि ६ सम्म)मा काठमाडौंमा बस्ने भनी निर्धारण गरिएको बैठक अन्तिम समयमा आएर भारततर्फका संयोजक तथा भारतीय जनता पार्टीका उपाध्यक्ष भगतसिंह कोशियारीले भारत उत्तराखण्डको निर्वाचनलाई कारण देखाउँदै कार्यव्यस्तताका कारण आउन नसक्ने बताएपछि निर्धारित बैठक स्थगित भएको थियो।

बुधबारबाट शुरू भएको तेस्रो बैठकमा दुवै देशका प्रतिनिधिले विवादास्पद ’नेपाल–भारत शान्ति तथा मैत्री सन्धि, १९५०’, दुई देशबीचको जलस्रोत र व्यापारलगायतका विषयमा केन्द्रित भएर छलफल गर्दैछन्।

बैठकमा शान्ति तथा मैत्री सन्धिका सबै धारामा बृहत् छलफल हुने बताइएको छ । साथै बैठकमा पारस्परिक सम्बन्धका सम्पूर्ण विषयमा छलफल हुने बैठकमा सहभागी एक प्रबुद्धले बताए ।



प्रतिक्रिया दिनुहोस्