Logo

‘लिलाबोध’ लिएर आए धाराबासी



धनराज वास्तविक : काठमाडौं, २३ चैत । साहित्यकार कृष्ण धाराबासीद्धारा लिखित पुस्तक ‘लिलाबोध’ सार्वजनिक गरिएको छ ।

बुधबार राजधानीको भृकुटिमण्डप स्थिति पर्यटन बोर्डको लेक्चर कक्षमा वरिष्ठ साहित्यकार एव्म नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व–कुलपति बैरागी काईलाले ‘लिलाबोध’ सार्वजनिक गरेका हुन । वरिष्ठ साहित्यकार ईन्द्रबहादुर राईले घोषणा गरेको लिला लेखनलाई लेखक धराबासीले लिलाबोध नामक कृति लेखेर साहित्य र राईको सपनालाई साकार पार्ने प्रयास गरेको बताउँदै काईलाले भने‘ लामो अभ्यास देखि कृतिआकार बनाएर लेख्ने जागर जो कोहीले गर्न सक्दैनन्, मैले केही भाग यो कृति पढे, आज जे गरिरहेका छौँ, भोली गएर त्यो सत्य लाग्दो रहेनछ।’

उनले अघि थपे,‘साहित्यलाई खण्डीकरण गरेर हेर्यौँ, तर अरुले जीवन एक बनाउँनु पर्नेमा यस्तो किन गरियो भनेर भने, सारमा समग्रता भेटाउनको लागि यसो गरिएको थियो तर कसैले बुझेनन्।’त्यसै गरि कार्यक्रममा साहित्यकार सञ्जिव उपे्रतीले लिलाबोधको परिचर्चा गरेका थिए । उपे्रतीले लिलाबोधलाई उत्तर आधुनिकतावादको नक्कल भन्न नमिल्ने बताउदै भने,‘सत्य भित्रको बहल सत्य र सत्य अन्तत सत्य चरण भयो भने त्यसलाई नियन्त्रण गर्ने माध्याम के हुन्छ त भन्ने गहन कुरा आउछ, जस्तै सामाज भएका लैंगिक, धार्मीक सामाजिक अन्यायमा परेर अन्याए भोगि रहेकाहरूलाई सत्य प्रमाणित कसरी गर्ने जस्ता कुराहरू आउछन्।’

लेखक धराबासीले २०४५ सालदेखिको लिला लेखनको लाई २७ बर्षपछि २७ औँँ कृतिका रुपमा बजारमा आएको ‘लिलाबोध’ एउटा प्रयास भएको बताएका छन्। राधा, झोला लगायत चर्चित कृतिका लेखक धराबासीले हाल आएर पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको उदारण दिदै उनले भने,‘हिजो बाबुराम कम्यूनिजम मात्रै हो भन्नेमा थिए, त्यसपछि आज त्यो केही होईन भन्नेमा पुगेका छन्, कुनै बेला ९९ प्रतिशत सफल्ता र प्रसँशा कमाएका बट्टराईले आज आएर फेरी नयाँ शक्तिको नाममा सुन्यबाट सुरु गर्दैछन्, यो लिलावादलाई उहाँलाई यो कुरा थाह नहुन पनि सक्छ।’

photo: dhanraj wastawik



प्रतिक्रिया दिनुहोस्