Logo

‘अब मरे पनि नेपालमै मर्छु’



काठमाडौं २४ चैत । विमानस्थल पुग्दा उनका मुहारमा बेग्लै चमक थियो। १९ वर्षसम्म मलेसिया बसेका रूपन्देही, रुद्रपुरका मानबहादुर विक सोमबार नेपाल फर्कंदै थिए। मलेसिया आएपछि घरपरिवारबाट सम्पर्कविहीन बनेका उनी विरामी अवस्थामा नेपाल फर्किएका हुन्। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

गैरकानुनी रूपमा कार्यरत उनलाई घर फर्काउन मलेसियामा रहेका नेपालीले सहयोग गरेका थिए। ‘तीन महिनादेखि विरामी थिएँ, अब मरे पनि नेपालमै गएर मर्छु’, उनले भने। १९ वर्षअघि मलेसिया आइपुगेका उनले आउँदा लागेको ऋण पनि तिर्न सकेनन्। ‘केही वर्ष कमाइ होला भन्ने थियो तर नभएपछि परिवारकै सम्पर्कबाहिर बसेँ’, उनले

गैरआवासीय नेपाली संघ मलेसियाका महासचिव सुन्दर आलेका अनुसार विरामी र दाहिने हात नचल्ने अवस्थामा फेला परेका उनलाई सहयोग गरेर नेपाल पठाइएको हो। उनको दाहिने हात पक्षघात भएको छ।

विरामी अवस्थामा तीन महिनादेखि होस्टलमा रहेका उनलाई घर फर्काउन पहल गरिदिन सुरुमा उनका साथीले आग्रह गरेका थिए। १९ वर्षदेखि सम्पर्कविहीन विक घर फर्किने खबर पाएपछि उनको परिवारमा समेत खुसी छाएको छ। आफूजस्तै घर बिर्सेर बसेका नेपालीलाई उनले घर फर्किन आग्रह गरे।

उनी १९ वर्षअघि थाइल्यान्डको बाटो हुँदै मलेसिया आएका थिए। कहिले बसमा त कहिले जंगलको बाटो, कहिले डुंगाको यात्रा गर्दै उनी मलेसिया आइपुगेका हुन्।

मलेसियाको राजधानी क्वालालम्पुर आएकै रात उनीलगायतका साथी मलेसिया प्रहरीको फन्दामा परे। २२ दिन जेल बसेपछि उनीहरूलाई एजेन्टले छुटाएर काममा लग्यो। काम पनि यकिन थिएन। कहिले कम्पनी त कहिले निर्माणतिर काम गरे।

उनले कुनै कम्पनीमा १५ दिनदेखि कुनैमा एक वर्षसम्म काम गरे। मलेसिया आएको ९ वर्षपछि उनले केहीपटक घरमा फोन गरेका थिए तर कमाइ नभएको भन्दै तत्काल फर्किएनन्। त्यसैबीच उनी मिनी क्यासिनोको लतमा फसे। त्यसपछि भने उनले घरै बिर्सिए।



प्रतिक्रिया दिनुहोस्