Logo

मोर्चा चुनावमा आएमा कांग्रेसले आफ्नो अडान त्याग्ने



काठमाडौं २४ चैत । प्रमुख सत्ता साझेदार कांग्रेसले मधेसी मोर्चा चुनावमा आउने सुनिश्चित भए एकै चरणमा चुनाव हुनुपर्ने आफ्नो पूर्ववत अडानमा केही लचिलो हुने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारूढ दलभित्रै मोर्चाको मागबारे साझा धारणा बनाउन बुधबार बालुवाटारमा कांग्रेसका दोस्रो तहका नेताहरूसँग छलफल गरेका थिए । छलफलमा सहभागी कांग्रेस नेताद्वय कृष्णप्रसाद सिटौला र रमेश लेखकले मोर्चालाई निर्वाचनमा सहभागी गराउनका लागि दुई चरणको विकल्पमा केन्द्रीत रहेर विकल्प खोज्न जोड दिए ।

पहिलो, सरकारले अहिले प्रस्तुत गरेकै विधेयकलाई मतदानमा लैजाने । दोस्रो, सरकार र मोर्चाबीच गठित अनौपचारिक कार्यदलले तयार पारेको संविधान संशोधनको ५ विषयलाई अघि बढाउने ।

तर प्रधानमन्त्रीले जनघनत्वका आधारमा मधेसका केही भागमा स्थानीय तहको संख्या र छुट मतदाता नामावली नथपेसम्म मोर्चा नमाने के गर्ने भन्नेबारे जिज्ञासा राखेका थिए ।

कांग्रेसले मोर्चाका पछिल्ला दुई सरोकारमध्ये मतदाता नामावली थप गर्ने विषय भने सम्भव नहुने अडान दोहो¥याएको छ । – कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्