Logo

देशभर जम्मा १० हजार बेरोजगार !



काठमाडौं २४ चैत । हरेक दिन अनुमानित १ हजार ५ सय युवा कामको खोजिका लागि विदेसिने नेपालमा देशभर जम्मा १० हजार जनामात्रै बेरोजगार रहेको सरकारी तथ्यांकले देखाएको छ ।

श्रम विभागले संकलन गरेको बेरोजगारको पछिल्लो तथ्यांकअनुसार देशभर ९ हजार ८ सय ७३ नागरिक मात्र बेरोजगार छन् । यो तथ्यांक आर्थिक वर्ष ०७३÷७४ को ८ महिना अर्थात फागुन मसान्तसम्मको तथ्यांकमा आधारित छ ।

विभागले आफूमाहतका विभिन्न रोजगार सूचना केन्द्रबाट संस्थागत रूपमा बेरोजगारको लगत संकलन गर्दै आएको छ । जसअनुसार फागुन महिनामा मात्रै २ हजार ५ सय ५६ जना बेरोजगारको तथ्याङ्क संकलन भएको छ ।

माघमा १ हजार पाँच सय २३ जनाले आफू बेरोजगार रहेको भन्दै लगत बुझाएका थिए । –नयाँ पत्रिका दैनिकबाट



प्रतिक्रिया दिनुहोस्