Logo

जन्ती मलामी बोक्नमै संसदका गाडी व्यस्त



काठमाडौं २४ चैत । व्यवस्थापिका संसद सचिवालयमा रहेका २२ वटा सवारीसधानलाई नेता तथा कर्मचारीहरुले व्यापक दुरुपयोग गरेको पाइएको  छ ।

सचिवालयमा पुलका रुपमा राखिएका २२ वटा सवारीसधान नेता र कर्मचारीहरुलाई छाड्न विमानस्थल, बसपार्क जानेदेखि जन्ती, मलामी, भोजदेखि कर्मचारीको घरमा तरकारी खरिदका लागि समेत प्रयोग गरिएको हो ।  आजको राजधानीमा खबर छ ।

संसदको सवारीसाधनलाई कर्मचारीले आफ्नो घरमा तरकारी खरिदका लागि समेत प्रयोग गर्दै आएको पाइएको छ। यसबारे कसैले पनि अनुगमन र नियन्त्रण गरेको छैन। सभामुख ओनसरी घर्ती मगरले यसबारे खासै महत्व दिएको पाइएको छैन ।

संसद सचिवालयभित्रै यसबारेमा व्यापध विरोध भएको छ। सरकारी सम्पत्ति यसरी दुरुपयोग भइरहँदा राष्ट्रको अर्थतन्त्रमा नकारात्मक असर पुग्ने हुँदा सचिवालयले यस्तो कार्यमा नियन्त्रण गर्नु पर्ने तल्लो तहका कर्मचारीहरु बताउँछन्।



प्रतिक्रिया दिनुहोस्