Logo

दयाहाङ र केकीको क्यमेष्ट्री कति जम्ला ?



काठमाडौं, २४ चैत । दयाहाङ राई समकक्षी अभिनेत्री केकी अधिकारीसँग जोडी बाँध्दै पर्दामा आउँदैछन् । चलचित्र ‘घामपानी’ मार्फत यो जोडि बजारमा आउदैछन्।

२०७३ को सुरुवातमा रिलिज ‘हाउ फन्नी’मा पनि यी दुई एकसाथ देखिएका थिए जहाँ प्रियंका कार्की पनि सँगसँगै थिइन् । अब भने केकी र दयाहाङ् एकसाथ पर्दामा आउँदा जोडी कस्तो जम्छ दर्शकमा कौतुहलता छ ।

ट्रेलरले औसत प्रतिक्रिया पाएको ‘घामपानी’ प्रचार ठुलो हईपमा नबनेपनि निर्माण टिम आफु लागि परिरहेको बताउँछ । त्यसो त दयाहाङ यो फिल्म प्रचारमा खासै नदेखिँदा केकी पनि अष्ट्रेलियामा छिन् ।

दुबै स्टार प्रचारको मैदानमा नहुनुको घाटा फिल्मो विजनेसमा देखिनेमा निर्माण टि ‘कन्सियस’ छ ।त्यसैले पनि निर्देशक दिपेन्द्र लामा दया र केकी अभाव खड्किन नदिन आफै लागिपरिरहेका छन् ।

प्रायः फिल्ममा अभिनयमा तारिफ भेट्ने केकीको क्यामेष्ट्री दयाहाङसँग जम्यो भने यो जोडीको माग पर्दामा फेरीफेरी पनि हुनसक्छ । तय त्यसको लागी पनि सुरुमा त बैशाख १ मा रिलिज हुने ‘घामपानीको प्रतिक्रिया पर्खिनै पर्नेछ ।



प्रतिक्रिया दिनुहोस्