Logo

वैदेशिक रोजगारीमा गएका महराको लडेर मृत्यु



गौशाला, २४ चैत । महोत्तरी जिल्लाबाट वैदेशिक रोजगारीको लागि खाडी मुलुक साउदी गएका एक व्यक्तिको गएराति शौचालयमा लडेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका–७ बजराही गाउँ बस्ने ३५ वर्षीय मिथिला महरा रहेको परिवारजनले बताएका छन् ।

चरम गरिबीसँगै लड्दै दुई वर्षअघि रोजगारीका सिलसिलामा साउदी गएका महरा गएराति सुतिरहेका बेला दिसा लाग्दा शौचालय गएको र शौचालयमै लडेर उनको मृत्यु भएको उनका भाइ सिकिन्दर महराले बताउनुभयो ।

साथीहरुले आज बिहान ड्युटीका लागि उनलाई उठाउन जाँदा नउठेपछि उनको ढोका फोरेर हेर्दा उनी शौचालयमै लडेर मृत अवस्थामा फेला परेको भाइ सिकिन्दरले बताउनुभयो ।

मृतक मिथिलाको आमा, पत्नी, चार सानासाना छोरी र एक छोरा रहेका छन् । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot