Logo

आज देउवाविरुद्ध दायर रिटको बहस हुँदै



काठमाडौं, २४ चैत । अदालतको अवहेलना गरेको भन्दे नेपाली कांग्रेस र पार्टी सभापति शेरबहादुर देउवालाई विपक्षी बनाई दायर रिटमा आज बहस हुँदैछ।

सर्वोच्च अदालतले  गत चैत २० गते आइतबार दायर भएको रिटमा मंगलबारको पेशी स्थगित गर्दै आज बिहिबारका लागि सारेको थियो ।
नेपाल प्रहरीको आइजीपी नियुक्तिका विषयमा सर्वोच्च अदालतले गरेको फैसला आदेशले कार्यपालिकाको अधिकारमा हस्तक्षेप गरेको भन्दै उक्त निर्णय शक्तिपृथकिकरणको मान्यता भन्दा विपरित भएको भन्ने नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकको निर्णय गरेको थियो ।

उक्त दायर रिट सहि ठहरेमा कांग्रेस सभापति देउवाले १ वर्षसम्म कैद र १ लाख रुपयाँसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था छ ।



प्रतिक्रिया दिनुहोस्