Logo

ट्रमा सेन्टरमा झुण्डिएर ६० वर्षीया वृद्धाद्वारा आत्महत्या



काठमाडौं, २४ चैत । ट्रमा सेन्टरको पाँचौं तल्लाको झ्यालमा झुण्डिएर ६० वर्षीया वृद्धाले आत्महत्या गरेकी छन्। ट्रमा सेन्टरको बेड नं. ५३३ मा उपचाररत मिगी-१ बाग्लुङकी जयकला घर्तिमगरले बिहीबार बिहानै आत्महत्या गरेको प्रहरीले जनाएको छ।

ढाडको रोगी उनी चैत ६ गतेबाट अस्पतालमा उपचाररत थिइन्। ‘ट्रमा सेन्टरको पाँचौं तल्लामा झुण्डिएको अवस्थामा शव फेला परेको हो,’ महानगरीय प्रहरी परिसरका एसपी प्रद्युम्न कार्कीले भने।

आत्महत्या गर्नुको कारण नखुले पनि आर्थिक अभावका कारण आत्महत्या गरेको हुनसक्ने अनुमान प्रहरीको छ।



प्रतिक्रिया दिनुहोस्