Logo

वीरगञ्ज पुगेर कोइरालाले भने,‘काठमाडौंले मधेसको संवेदना बुझेन’



पर्सा, २४ चैत । प्रमुख दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले काठमाडौले तराई मधेसको संबेदना बुझ्न नसकेको आरोप लगाएका छन् ।

बिहीबार प्रेस युनियन पर्साले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले नेपाली काँग्रेस, माओवादी र एमालेले मात्र चाहेर देशमा स्थिरता नआउने भन्दै मधेसी मोर्चालाई समेत सामेल गराएर अघि बढ्नुपर्ने बताए ।

नेता कोइरालाले काँग्रेसले मधेसी मोर्चा लगायत असन्तुष्ट पक्षलाई समेटेर लैजाने प्रयास गरिरहेको जनाए । देशमा स्थानीय निर्वाचन अपरिहार्य रहेकोले निर्वाचनको विकल्प नभएको स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्