Logo

सोलारले बनायो दुम्सी उज्यालो



अर्घाखाँची २४ चैत । “रातमा उज्यालोको लागी टुकि तथा बोल्ने दाउराको भरमा काम गर्नु पर्दथ्यो खै सोलारले त राति पनि दिउसैझै हुन्छ भन्ने सुनेकि थिए पारी गामकि माईलिको घरमा छ अरे ।” अर्घाखाँची जिल्ला सितगंगा नगरपालिका वडा नम्बर ११ सिद्धार दुम्सी निबासी बर्ष ५५ कि कौशीला सोतीले भनिन् । उक्त ठाउँमा कौशीला जस्तै अन्य दिदि बहिनीहरु पनि सोलार पाउने भए पछि दिन जस्तै रातपनि उज्याले हुने परखाईमा छन् ।

सिद्धाराको दुम्सीमा पुग्नकोलागी साबिकको गाबिस भवनबाट ४ घण्टा पैदल हिड्नु पर्दछ । बाटोको लागी सानो ट्याक खुले पनि गाडि भने सञ्चालन हुन सकेका छैन्न् । ६० घरधुरीमा ९५ प्रतिशत जनजाती र ५ प्रतिशत दलित बस्ती रहेको त्यस क्षेत्रको बिकाशकालागी सरोकारवाला निकायको ध्यान पुग्न सकेको छैन् ।
“चुनाबका बेलामा बिजुली, बाटोे, खानेपानी सबै दिन्छम भनेर भने तर अहिले सम्म कसैले केही गरेको छैन, केटाकेटी ६ कक्षामा पढनकोलागी ३ घण्टा सम्म जग्गलको बाटो हिड्नु पर्दछ बिहान सात बजे हिड्नु पर्दछ बेलीका घर आई पुग्दा रात पर्दछ उज्यालोको साधन मट्टितेल भए टुकि नहुदाँ दाउरा बालेर पढ्नु पर्ने बाध्यता छ ।”

स्थानिय दुम्सी आधारभुत बिद्यालयका प्र.अ रुमबहादुर पल्लीले भने । उक्त क्षेत्रमा अप्रेशन ब्लेसीङ ईन्टरनेशनलको सहयोग र नेपाल चेतनाकेन्द्र अर्घाखाँचीको समन्वयमा ४१ थान सोलार नि.शुल्क बितरण गरेपछि दुम्सी बासीको अनुहारमा खुसी छाएको छ ।

सोलार बितरण कार्यक्रममा विगत दुई बर्ष देखि हेफर ईन्टरनेसनल सहयोग र सहकार्यमा यस नेपाल चेतना केन्द्रले यस क्षेत्रमा काम गर्दै आएको बताउदै अध्यक्ष निर्मला क्षेत्रीले भनिन्“म यो ठाउँमा दुईबर्ष अगाडि आउँदा दिदिबहिनिहरुले मट्टितेल पनि सहज रुपमा नपाईने दाउराको भरमा बालबालीकाले पढ्नु पर्ने बाध्यता सुन्दा बिकल्पको खोजीमा आज सोलार बितरण गर्न केही सफल भएका छौँ, आगामी दिनमा पनि यस क्षेत्रको बिकाशकालागी निरन्तर सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्दछु ।” कार्यक्रमको शिलसिलामा देशका बिभिन्न ठाउँमा पुगे तर दुम्सी बासीको जस्तो समस्या कहि देखीन् आगामी दिनमा पनि सहयोग गर्ने सोचमा छौ।” अप्रेशन ब्लेसीङ ईन्टरनेशनलका कार्यक्रम निर्देशक समझना मैनालीले बताईन ।



प्रतिक्रिया दिनुहोस्