Logo

गायक चुनाराको‘जात्रामा’नायिका केसी (भिडियो सहित)



धनराज वास्तविक : काठमाडौं, २६ चैत । पछिल्लो समयमा निकै व्यस्त एवम चर्चित गायक धनराज चुनाराको सुमधुर आवाज रहेको लोक दोहोरि गीत सार्बजनिक भएको छ।

लामो समय देखि यस क्षेत्रमा जम्दै आएका र चर्चामा रहेका गायक चुनारालाई, गायिका अमृता लामिछाने र जनक एल जीले आवाजमा साथ दिएका छन् ।

उक्त गीत ३ बर्ष पहिले सुटिङग भएता पनि हालसालै सार्वजर्निक गरिएको यो गीतले सामाजिक सन्देश बोकेको छ । मदिराले स्वास्थ्यमा नकारात्मक असर पार्ने मात्रै नभएर सामाजिक रुपमा पनि नराम्रो पर्ने हुनाले मदिरा पिउनु हुँदैन भन्ने छ ।

भाबना म्यूजिक सोल्यूसनले बजारमा ल्याएको उक्त गीतमा संतोस बनियाको शब्द, रामु खडकाको लय सिर्जना रहेको छ। नायिका सोनिया केसी र चर्चित मोडल बिमल अधिकारीको अभिनय रहेको छ ।

कपिल लामाको निर्देशनमा तयार भएको उक्त गीतलाई विष्णु शर्माले सम्पादन गरेका हुन भने, राजेश घिमिरेले छायाङकन गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्