Logo

निर्वाचनपछि महिलाहरु नेतृत्वमा आउने : प्रधानमन्त्री



काठमाडौं, २६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्र संघका पोषण कार्यक्रमका संयोजक उपमहासचिव न्भचमब खभचदगचन बीच भेटवार्ता भएको छ ।

आज बिहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले नेपालमा पोषण स्थितिको वारेमा चर्चा गर्दै सरकार, निजी क्षेत्र तथा दाताहरुको सहकार्यमा यसमा सुधारको पहल भइरहेको जानकारी गराए ।

उनले सरकार पोषणसहित दिगो र सन्तुलित विकासको एजेण्डा लिएर अघि बढेको बताउँदै स्थानीय तहको निर्वाचनपछि महिलाहरु तल्लो तहदेखि नै नेतृत्वमा आउने र यस विषयमा अझ प्रगति हुनुका साथै स्वास्थ्य र शिक्षामा पनि पोषणलाई महत्वपूर्णरुपमा समावेश गरिने वताए ।

उपमहासचिवले नेपालले पोषणमा गरेको प्रगतिप्रति आभार व्यक्त गर्दै संयुक्त राष्ट्र संघका तर्फवाट आवश्यक सहयोग रहने वताए ।



प्रतिक्रिया दिनुहोस्