Logo

आइपीएल क्रिकेटः कोलकाता नाईट राईडर्सको विजयी सुरुवात



काठमाडौं, २६ चैत । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले सनसनीपुर्ण जित हात पारेको छ ।

शुक्रबार राती भएको खेलमा कोलकाताले गुजरात लायन्सलाई १० विकेटले पराजित गर्‍यो । खेलमा पहिले व्याटिङ गरेको गुजरातले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८३ रन बनायो । गुजरातका लागि सुरेश रैनाले अविजित ६८ रन जोड्दा दिनेश कार्तीकले ४७ रनको योगदान दिए ।

जवाफमा १ सय ८४ रनको लक्ष्य कोलकाताले १४ ओभर ५ बलमा बिना कुनै विकेटको नोक्सानी पुरा गर्‍यो । कोलकातालाई जिताउन सुरुवाती व्याट्सम्यानहरु क्रिश लिनले अविजित ९३ रन तथा गौतम गम्भिरले अविजित ७६ रन जोडे । ४१ बलमा ९३ रन जोडेका लिनले ६ चौका र ८ छक्का प्रहार गरेका थिए ।

आइपीएल क्रिकेटमा आज दुई खेल हुनेछन् । आजको पहिलो खेलमा किङ्स ईलेभेन पञ्जाव र राईजीङ पुने सुपरजाईन्ट्स भिड्दा दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर र दिल्ली डेयरडेभिल्स भिड्नेछन् ।

 



प्रतिक्रिया दिनुहोस्