Logo

चुनाव हुन्छ, सरकार अघि बढिसक्यो : मन्त्री सिंह



काठमाडौं, २६ चैत । विज्ञान तथा प्रविधि मन्त्री प्रेमबहादुर सिंहले स्थानीय निकाय जनताका अधिकार घरदैलोमा पुर्याउनेगरि प्रत्याभुत गरेको बताएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालको १९ औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिंहले सरकार निर्वाचन समयमै सम्पन्न गर्नेगरि अघि बढिसकेकोले अब चुनाव हुँदैन कि भनेर कसैले पनि शंका गर्न नहुने बताएका हुन् ।

उनले स्थानीय तहको व्यवस्थाले जनताको अधिकार घरदैलोमा पुर्याउनेगरि व्यवस्था प्रत्याभुति गरेकोले यसलाई जनताले उत्साहको रुपमा लिएको विश्वास व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्