Logo

प्रचण्डलाई बैद्यको प्रश्न : दल दर्ता किन खोल्नुभएन ?



काठमाडौं, २६ चैत । नेकपा माओवादी क्रान्तिकारीका अध्यक्ष मोहन बैद्यले आफ्नो पार्टीले स्थानीय तहको निर्वाचनलाई उपयोग गर्ने निर्णय लिएको बताएका छन ।

शनिबार रिपोर्टर्स क्लब नेपालको १९ औं वार्षिकोत्सवको अवसरमा काटमाडौंमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बैद्यले यस्तो बताएका हुन् ।

उनले आफ्नो पार्टीले केही वर्ष यता निर्वाचनलाई बहिष्कार तथा उपयोग गर्ने नीति लिएको भएपनि यस पटकको स्थानीय तहको निर्वाचनलाई भने उपयोग गर्ने निर्णय लिएको बताए । उनले भने,“हुन त निर्वाचनमा सबैलाई समेट्नुपर्ने कुरा हो,  एकातिर मधेशी मोर्चालाई समेट्ने प्रयास गरिएको छैन्, हाम्रो कुरा त अलग हो ।”

उनले सरकारसँग संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहितलाई समेटेर अघि बढाउनको लागि प्रयास गर्न आग्रह गरे । उनले भने,“बरु चुनावलाई अलिकति पर लग्नुहोस्।”

उनले मुलुकमा दोस्रो संविधानसभापछि पहिलो निर्वाचन हुन गैरहेकोले सबै दललाई निर्वाचनमा सहभागी गराउने वातावरण बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा सँगै रहेका कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री दाहाललाई ईंगित गर्दै अध्यक्ष बैद्यले भने,“तपाईले दल दर्ता किन खोल्नुभएन ? कयौं पाटीृहरुलाइ निर्वाचन चिन्ह किन दिनुभएन ? समूचित सम किन दिनुभएन ? यदि तपार्यहरु लोकतन्त्रको मुल्य र मान्यतालाई मान्नुहुन्छ भने यो काम किन गर्नुभएन ?



प्रतिक्रिया दिनुहोस्