Logo

राष्ट्रिय एकता हुनेगरि नयाँ संशोधन ल्याउँदैछु : प्रधानमन्त्री



काठमाडौं, २६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र मधेशी मोर्चालेपनि स्विकार गर्ने खालको राष्ट्रिय एकताको संविधान संशोधन प्रस्ताव आफूले ल्याउन लागेको उद्धघोष गरेका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालको १९ औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने,“आज म निकै खुशी छु, मैले छिट्टै अर्को नयाँ संविधान संशोधन विद्येयक ल्याउँदैछु, त्यो प्रस्ताव मधेशी मोर्चासँग गरेको छलफलमा आधारित छ, एमालेसँग गरेको छलफलमा आधारित छ, यो राष्ट्रिय एकताको संशोधन प्रस्ताव हुन्छ ।”

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने,”म निकै खुशी छु, अब मधेशी मोर्चाले पनि निर्वाचनमा सहभागी हुन्छ, किनकी मैले अर्को संशोधन विद्येयक त्यो पनि सबैको सहमतिमा ल्याउँदैछु, पूरै संभावना, तयार गरेर आएको छु । यो संशोधन विद्येयकले खुशीका साथ निर्वाचनमा सहभागी बन्ने वातावरण बन्नेछ ।”

उनले अब आउने संशोधन प्रस्तावबाट प्रतिपक्षी र अन्य दलले पनि यसलाई आपत्ति जनाउनुपर्ने कुनै कारण नभएको स्पष्ट पारे । उनले लामो समयपछि नेपालमा स्थानीय तहको निर्वाचन हुन गैरहेकोले अब यसलाई उत्सवको साथ सबैले भाग लिनुपर्ने धारणा राखे ।

उनले भने,“१९ वर्षपछि हुन गैरहेको निर्वाचन अब सबैले उत्सवको रुपमा लिनुपर्छ, अब निर्वाचन सम्पन्न भयो, राष्ट्रले नै संकल्प नै गरिसकेको छ, सिँगै देश निर्वाचनमार्फत लोकतन्त्रलाई संस्थागत गर्न, निर्वाचनको बारेमा अब कहीँ कतै प्रश्न बाँकी छैन । सकारात्मक वातावरण बनाउने काम मेरो हो, मैले काम गरिरहेको छु ।”

त्यस्तै उनले स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि अर्को मंसिरमा अर्को दूईवटा निर्वाचन एकै चोटि हुने समेत विश्वास दिलाए । प्रधानमन्त्री दाहालले देश र जनताप्रति ईमानदारितासाथ र राष्ट्रप्रति सम्मान र जिम्मेवारीबोधका साथ काम गरिए छोटो समयमा पनि धेरै काम सकिने विश्वास दिलाए । दाहालले भने,“मैले विकास गर्न सकिन्छ भन्ने धेरै राम्रो संकेत देखेको छु, ईण्डिकेशन देखेको छु ।”

दाहालले क्लबले निकै अप्ठ्यारो र कठोर संघर्ष झेल्दै आएको कुरा सर्ववितिकै भएको बताउँदै आगामी दिनमा समेत अझै सशक्त भूमिका निर्वाह गर्नको लागि शुभकामना दिए ।

उनले भने,“ क्लबले धेरै आरोह अवरोह भोगेको छ, यो वीचमा तपाईहरुले नेपाली आकाशमा भएका धेरै ठूला ठूला राजनीतिक घट्ना देख्नुभएको छ, अहिले पनि नेपाल राजनीतिक संक्रमणकालमै छ, त्यसैले तपाईहरुको भूमिका अब पनि उतिकै सक्रिय र जिम्मेवारी रहेको छ।” उनले क्लबले आगामी दिनमा यसैगरि विशेष योगदान गरिरहोस भन्ने शुभकामना दिए ।
दाहालले दिएको मन्तव्यको पूर्णपाठ :

राजनीतिक चेतनाको जागरण र विज्ञान प्रविधिको जागरणले गर्दा अहिले गुणात्मक ढंगले वृद्धि भएको छ, हामी नै ठूला साँझी छौं । क्लबले खेलेको भुीमका हामीलाई राम्रोसँग थाहा छ, समृद्ध नेपालको चाहनालाई सम्बोधन गर्नको लागि यो क्षेत्रबाट फेरि पनि त्यही अनुसारको योगदान गर्न जरुरी छ ।

अहिले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान कार्यान्वयनको चरणमा छ, यो संविधान बनाउँदै गर्दा, यसलाई परिवर्तन र गतिशित दस्तावेज बनाउनको लागि कोशिस गरेकै हो । यो संविधान संशोधन गर्छों हौ भनेर पनि सार्वजनिक रुपमै भन्यौं र यसको लागि भगिरथ प्रयास भैरहेको छ ।

म दोस्रो पटक प्रधानमन्त्री बन्दै गर्दा मैले मुलुक र जनताको लागि निकै गम्भिर भएर काम गरेको छु । मैले एक दिनपनि आराम गरेको छैन । मैले विकासका योजनलाई गति दिनको लागि सँधै घचघच्याउने काम गरेको छु । अहिले हामी जिडिपीमा झण्डै ६ प्रशितमा जाने तरखरमा छौं ।

त्यसैले सबै दलहरुले संकल्प गर्ने हो भने ती प्रगति गर्न सक्छौं । हामी लोडसेडिँग अन्त्य भयो, केही समयपछि हामी विजुली बेच्न सक्छौं । रोकिएका हुलाकी राजमार्ग निर्माण भैरहेको छ, उत्तर र दक्षिणतिरबाट रेल आउने संभावना छ। नेपालमै रोजगारी सिर्जना हुँदैछ ।

५ वर्ष एउटा सरकारलाई कामगर्न मौका दिने हो भने, मुलुकको विकासको लागि काम गर्न सकिन्छ ।  मैले भारत र चीनको भ्रमण गरेको छु । मैले छिमेकीसँग असल सम्बन्ध निर्माणको लागि काम गरेको छु, नेपालको राष्ट्रियता र स्वाधिानतालाई केन्द्रविन्दुमा राखेर।

यो वीचमा मैले छिमेकीसँग असाध्यै राम्रो संकेत महशुस गरेको छु । कुनै भूमिका अब सह्यै हुने अवस्था छैन । यो परिवर्तनलाई संस्थागत गर्ने । समाजवादको आधार निर्माण गर्ने ।



प्रतिक्रिया दिनुहोस्