Logo

प्रधानमन्त्रीका खुट्टा लरबराईरहेका छन् : माधव नेपाल



काठमाडौं, २६ चैत । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालले चुनावको लागि दह«ोसँग खुट्टा टेक्नुपर्ने बताएका छन् ।

उनले भने,“तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नको लागि प्रधानमन्त्रीले दह«ोसँग खुट्टा टेक्नुपर्छ, अहिले उहाँको खुट्टा लरबराईरहेको छ ।”

शनिबार रिपोर्टर्स क्लब नेपालको १९ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन् ।

उनले आगामी ०७४ माघ ७ गतेभिभित्रै तीन तहको निर्वाचन सफल गर्नुपर्ने बताउँदै भने,“यही बैशाख ३१ गते तय भएको स्थानीय तहको निर्वाचन सफल बनाउनुपर्छ, यसलाई हल्का रुपमा लिनुहुँदैन, तर प्रधानमन्त्रीको खुटटा लरबराईरहेको छ, उहाँ कहिले के भन्नुुन्छ, कहिले के भन्नुहुन्छ ? निर्वाचनको कुरालाई खेलाँचीको रुपमा लिनुहँदैन् ।”

उनले लोकतन्त्र बलियो बनाउनको लागि पनि निर्वाचन जरुरी रहेको बताउँदै तोकिएकै समयमै निर्वाचन सम्पन्न गराउनको लागि अब अलमल नगरीकन सरकार र सबै दलहरु अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले संविधान संशोधन अब नयाँ संसद निर्वाचित भएपछि मात्रै गर्न सकिने तर त्यो मुलुक र जनताको हितमा हुनुपर्ने जिकिर गरे । उनले भने,“संविधान संशोधन गर्नुपर्छ, अब आउने संसदबाट पछि गर्नुपर्छ, लोकतन्त्र मान्ने हो भने निर्वाचनमा जान कोही पनि डराउनुहुँदैन्।”

नेता नेपालले यसअघिका निर्वाचन आयोग निर्वाचनको लागि दह«ो रुपमा उभिएको उल्लेख गर्दै अहिलेका निर्वाचन आयोगका पदाधिकारीहरुपनि त्यसैगरि उभिनुपर्नेमा जोड दिए ।

उनले क्लबले नेपालको लोकतन्त्र, विधिको शासन र जनतालाई सूचना प्रवाह गर्नको लागि उल्ललेखनीय भूमिका निर्वाह गरेको भन्दै धन्यवाद दिए ।



प्रतिक्रिया दिनुहोस्