Logo

निर्वाचन सफल बनाउन आयोगले कठोर मेहनत गरेको छ : प्रमुख आयुक्त डा. यादव



काठमाडौं, २६ चैत । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले स्थानीय तहको निर्वाचनको लागि आयोगले सम्पूर्ण तयारी गरिसकेको बताएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालको १९ औं वार्षिकोत्सवको अवसरमा राष्ट्रिय सभा गृहमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

उनले स्थानीय तहको निर्वाचन पनि १९ वर्षपछि हुनु र क्लबले पनि आफ्नो १९ औं वार्षिकोत्सव मनाउनु दैविक संयोग भएको बताए । उनले स्थानीय तहको निर्वाचनको सफलताको लागि आयोगले गम्भिर भएर कामहरुलाई अघि बढाएको बताए ।

उनले भने,‘हामी अहिले निर्वाचनको मध्य समयमा आईपुगेका छौं, निर्वाचनको समय अब आर्ईसकेको छ । निर्वाचन आयोग कठोर मेहनतको साथमा काम गर्दैछ, हामीले सम्पूर्ण तयारी गरेर अघि बढिरहेका छौं ।

उनले निर्वाचनलाई सबैले उत्सवको रुपमा लिनुपर्ने बताउँदै महाअभियानलाई ऐतिहासिँक जिम्मेवारी पूरा गर्ने काममा यहाँहरुको निरन्तर सहयोग, सद्भाव प्राप्त होस् भन्दै उनले रिपोर्टर्स क्लब र यसका सभापति ऋषि धमलासँग आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस्