Logo

‘धमलाजी अब सांसद बन्नुपर्र्छ, यो भयो भने नेपालका एक/एक पत्रकारको सम्मान हुन्छ’ : भारतीय नेता जोली



काठमाडौं, २६ चैत । भारतीय जनता पार्टीका प्रभावशाली नेता एवम् नेपाल मामिलाका जानकार विजय जोलीले नेपाल र भारत विकासको लागि अब काँधमा काँध मिलाएर अघि बढ्नुपर्ने बताएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालको १९ औं वार्षिकोत्वसको अवसरमा शुभकामना दिँदै उनले भारतले नेपालमा सँधै शान्ति, स्थिरता र आर्थिक समृद्धि चाहेको बताए । उनले भने,“नेपाल शान्त होस्, स्थायित्व होस भन्ने भारतको चाहना हो, नेपाल अशान्त भयो भने हामीलाई पििन फाईदा हुँदैन, त्यसैले भारत सँधै नेपाल शान्त भएको हेर्न चाहन्छ ।”

फरक प्रसँगमा नेता जोलीले नेपालको सामाजिक, साँस्कृति तथा राजनीतिक विषयमा रिपोर्टर्स क्लब नेपालले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै यसको लागि क्लबको लागि आफ्नै जमिनमा निर्मित भवनको आवश्यकत्ता रहेको बताए । उनले भने,“हजारौं पत्रकारहरु यो क्लबमा आवद्ध हुनुहुन्छ, अब यसको लागि आफ्नै जमिनमा निर्मित भवन आवश्यक छ, यसको लागि प्रधानमन्त्री प्रचण्डजीले पहल गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’

नेता जोलीले पत्रकार धमलाले आफूलार्ई टिभी अन्र्तवार्तामा पछार्नको लागि पनि प्रयास गरेको उल्लेख गर्दै भने,‘तर यो दिल्लीको लाल धमलासँग हारेन । हामी नेपाललाई दिलबाट सम्मान गर्छौं, माया गर्छों ।’

उनले नेपालमा अशान्ति भए भारतमा पनि अशान्ति हुने बताउँदै भने,‘नेपालमा अशान्ति भए भए भारतपनि अशान्ति हुन्छ, यो जोलीलाईपनि शान्ति हुँदैन ।’

अबको युग समृद्धिको युग भएकोले विकासको लागि चीन, भारत, नेपाल, पाकिस्तान, सबै काँधमा काँध मिलाएर हिँड्नुपर्छ ।’

उनले स्थायित्व भएमात्रै विकासले गति लिने बताउँदै नेपालले पनि अब राजनीतिक स्थायित्वको लागि जोड दिनुपर्ने बताए । उनले भने,‘विकासको राह हुने हो भने , तपाईहरुको सहयोगको लागि र एउटै पथमा हिँड्नको लागि हामी तयार छौं ।’

फरक प्रसँगमा उनले पत्रकार धमलाको काम गर्ने शैलीको प्रशंसा गर्दै अब धमला संसदमा जानुपर्ने बताए । उनले थपे,‘धमलाजी अब पार्लिमेन्टमा जानुपर्छ, यो भयो भने नेपालका एक÷एक पत्रकारको सम्मान हुन्छ, हुन त धमलाले मेरो अनुरोधलाई अस्विकार गर्नुहोला, तर मैले जे देखे त्यो भनेको हुँ ।’



प्रतिक्रिया दिनुहोस्