Logo

निर्वाचनमा सबैलाई समेट्नुपर्छ : नेता सिंह



काठमाडौं, २६ चैत । प्रमुख दल नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिहले स्थानीय तहको निर्वाचनमा सबैलाई समेट्नुपर्ने बताएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालको १९ औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले यस्तो बताएका हुन् ।

उनले संविधान संशोधन गरेर असन्तुष्टहरुलाई पनि समेट्नुपर्ने बताउँदै भने,‘यसको विकल्प छैन, यसको लागि अहिलेको सरकारले पनि पहल गरिरहेको छ, प्रमुख दल भएको नाताले हाम्रो पार्टीलेपनि गम्भिर पहल गरेको छ ।’

उनले मुलुकको विकासको लागि स्थायित्व आवश्यक रहेकोले त्यो स्थायित्वको लागि पनि निर्वाचन अनिवर्या रहेको धारणा राखे ।



प्रतिक्रिया दिनुहोस्